Logo

अजोड इन्स्योरेन्सद्धारा मुल्याङ्कनकर्ताको तालिम सम्पन्न



काठमाडौं, ६ असार । अजोड इन्स्योरेन्स बीमा समितिको स्वीकृती बमोजिम अजोड इन्स्योरेन्स लिमिटेडले गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा कृषि तथा पशुपन्छि क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ ।  गत जेठ २९, ३० र ३१ गते तालिम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटबाट दिपक पोखरेल, प्रेम राज पाण्डे र सुदिप पौडेलले प्रशिक्षण दिएका थिए ।

उक्त कार्यक्रममा २३ जना क्षति मुल्याङ्कनकर्ताको सहभागिता भएको थियो र कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेडको गुल्मीका शाखाका प्रमुख सन्तोष न्यौपानेले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्