Logo

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, मन्त्री आलेले निगमका अध्यक्ष हटाउने प्रस्ताव लगेनन्



काठमाडौं, ६ असार । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे छलफल हुने बताईएको छ ।

त्यस्तै, आगामी निर्वाचनको मितिबारे पनि आजको बैठकमा छलफल हुने जनाईएको छ ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई हटाउनेबारे प्रस्ताव लग्ने भनेका थिए ।

तर, मन्त्री आलेले भने उक्त प्रस्ताव आजको मन्त्रिपरिषद्को बैठकमा नलगेको जनाईएको छ ।

पछिल्लो समय मन्त्री आले र निगम अध्यक्ष अधिकारीबीच विवाद चुलिएको छ ।



प्रतिक्रिया दिनुहोस्