Logo

मन्त्रिपरिषदद्वारा अमेरिकालाई एसपीपीबारे पत्र लेख्ने देखि नेवानिको कार्यकारी अधिकृतलाई निलम्बन गर्ने निर्णय



काठमाडौं, ६ असार । मन्त्रिपरिषद्को बैठकले अमेरिकालाई एसपीपीबारे पत्र लेख्ने निर्णय गरेको छ । आज बसेको बैठकले एसपीपी समझदारी नगर्नेबारे पत्र लेख्ने निर्णय गरेको सरकारका एक मन्त्रीले जानकारी दिए ।

बैठकले नेपाल वायुसेना निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्ने निर्णय समेत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग विवाद भएपछि उनलाई मन्त्रीकै सिफारिशमा निलम्बन गरिएको बुझिएको छ ।-File Photo

 



प्रतिक्रिया दिनुहोस्