Logo

अभियन्ता राजलवटद्धारा आईजिपी सिंहदेखि गृहमन्त्री खाँणसम्मलाई गुर्जोको चिया सेवा (फोटोफिचर)



काठमाडौं, ६ असोज । गुर्जो अभियन्ता कमलबहादुर राजलवटको दिनाचार्य व्यस्त छ । निःशुल्क गुर्जो अभियानमा सक्रिय राजलवट सामाजिक संघ तथा संस्थाको कार्यक्रममा मात्रै प्रायः देखिन्छन् । आज आठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा शिविर तथा उत्प्रेरणा कार्यक्रम (योगा) भएको थियो ।

सो कार्यक्रममा उपस्थित् गृहमन्त्री बालकृष्ण खाँण र आईजिपी धीरजप्रताप सिंहलाई समेत राजलवटले गुर्जोको चिया सेवा गरेका थिए । उनले उपस्थित् महानुभावलाई गुर्जोको महत्वबारे पनि प्रकाश पारेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले ‘मानवताको लागि योग’ भन्ने नारालाई आत्मसात् गरी कुनै पनि द्वेषभाव र मन मुटाव नराखी एक आपसमा सदभाव, सौहार्दता, मेलमिलाप र हार्दिकताको सम्बन्ध कायम गरी पवित्र मनोभावका साथ समाज र राष्ट्रको हित र विकासमा आफूलाई समर्पित गर्नुपर्ने बताएका थिए । गुर्जो सेवामा भने सुरेन्द्र रिमाल, केदार बास्ताकोटी, दधीराम तथा रमेश पाण्डेले सहयोग पुर्याएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्