Logo

संसद्को चुनाव लड्नेगरि बलराम महतो जसपा प्रवेश, उपेन्द्र यादवले गरे स्वागत



काठमाडौं, ६ असार । जनकपुरका चर्चित व्यवसायी तथा समाजसेवी बलराम महतो जनता समाजवादी पार्टी, नेपालमा प्रवेश गरेका छन् । गत बैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा जनकपुर उपमहानगरपालिकाको मेयरमा महतोले स्वतन्त्र उम्मेद्धवारी दिएका थिए ।

जसपा धनुषाका अध्यक्ष पशुपति यादवको अध्यक्षतामा आयोजित एक कार्यक्रमका बीच महतोलाई जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पार्टीमा माला तथा अविर लगाएर स्वागत गरेका हुन् । सो अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबू राउतको पनि उपस्थिति रहेको थियो ।

महतोलाई आगामी संसद्को निर्वाचनमा धनुषा क्षेत्र नम्बर २ वा ४ बाट निर्वाचन लडाउन जसपाको नेतृत्वमा समझदारी भएको बताईएको छ । महतो जनकपुरमा मात्रै नभएर देशकै प्रतिष्ठित व्यवसायी तथा समाजसेवीको रुपमा परिचित छन् ।

सक्रिय राजनीतिमा वा समाजसेवामा आउनुपुर्व उनी आफ्नो निर्माण कम्पनीमा व्यस्त थिए । उनी संस्थापक रहेको रमन कन्स्ट्रक्सन अहिले उनका छोराहरु पवन र रमनले हेर्दै आएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्