Logo

तनाव सम्पूर्ण रोगको जननी हो, योगले ९० प्रतिशत रोग निको हुन्छः योगगुरु



काठमाडौं, ७ असार । योगगुरु ओमहरि भट्टराईले विद्यालय र वडावडासम्म योग अभियान पुर्याउन सके स्वस्थ नागरिक उत्पादनमा टेवा पुग्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै योगगुरु भट्टराईले भने, “योगले सकारात्मक सोचको विकास गर्छ । व्यक्तिलाई सदैव सन्तोषी बनाउँछ । शारीरिक, मानसिक, आध्यात्मिक विकास गराउँछ । व्यक्ति, परिवार, समुदायका लागि योगको उत्तिकै महत्त्व छ ।  योगको प्रभाव बढेको छ । विद्यालय र वडा तहसम्म लैजाँदा स्वस्थ नागरिक उत्पादनमा सहयोग पुग्छ । सरकारले यसलाई अभियानकै रुपमा लैजानुपर्छ । योगलाई जनजन र मनमनमा पुर्याउनु हाम्रो कर्तव्य हो ।
योगले ९० प्रतिशत रोग निको हुने दाबी पनि उनले गरे । भट्टराईले भने, “तनाव सम्पूर्ण रोगको जननी हो । अष्टांग योगले पालनाले ९० प्रतिशत समस्या समाधान गर्न सकिन्छ । बिहान ४ देखि ६ बजेको बीचमा पार्क नजिक, नदी, तलाउ किनारमा बसेर हामीले योग गर्न सक्छौं । यो भनेको मोबाइल चार्ज गरे जस्तै हो । मन प्रफुल्लित हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्