Logo

हेल्पर केयरिङ सर्कलद्धारा नेतृत्व विकास तालिम सम्पन्न



काठमाडौं, ७ असार । हेल्पर केयरिङ सर्कल क्लबको आयोजनामा नेतृत्व क्षमता विकास सम्बन्धि तालिम सम्पन्न भएको छ । क्लबले शुक्रवार बुटवल माध्यमिक विद्यालयमा नेतृत्व क्षमता विकास कार्यक्रम गरेको हो । कार्यक्रममा सहभागी उत्कृष्ट विद्यार्थीहरुलाइ प्रशिक्षक सुशील बस्याल तथा कलबका अध्यक्षद्वारा मायाको चिनो समेत प्रदान गरिएको थियो । साथै आगामी दिनहरुमा पनि यस्तै कार्यक्रम निरंतरता दिने कलबका अध्यक्षले प्रतिवद्धता जनाए ।

कलबका अध्यक्ष बिश्वास घिमिरेको सभापतित्वमा र बुटवल मा.वि का प्रधानाध्यापक होमबहादुर रायमाझीको प्रमुख आथित्यता र श्रीधर बस्यालको विशिष्ट आथित्यतामा भएको कार्यक्रममा कलबकी उपाध्यक्ष इशा अर्याल, प्रशिक्षक सुशील बस्याल, गायक रगायिका क्रमशः भुवन खड्का, विनोद विश्वोकर्मा, श्रेया सुवेदी, सल्लाहकार नवीन नेपाल सदस्य सम्भब शर्मा, अर्जुन बन्जाडे, बिष्णु प्रसाद भुसाल र कार्यक्रममा कक्षा ८,९ र १० का विद्यार्थीहरुको उपस्थित रहेको थियो ।

बस्यालले ब्यबहारिक शिक्षामा जोड दिदैँ तालिम दिएका थिए उक्त तालिमले बिद्यार्थीहरु उत्साहित भएका छन ।तालिममा सहभागी एक बिद्यार्थी ज्ञान बहादुरले गाहाले बिभिन्न कुरा सिक्न पाएकोमा खुशी ब्यक्त गर्दैँ आफुमा धेरै उर्जा मिलेको र उत्तरबाल्यअवस्थाका बिद्यार्थीहरुलाइ यस्ता कार्यक्रम अति आवस्यक रहेको बताए।

बिद्यालयमा आएर कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिदैँ यस्ता कार्यक्रम समय समयमा ल्याउन उक्त बिद्यालयका प्र ।अ रायमाझिले सस्थालाई आग्रह गरेका थिए गित गाएर मनोरञ्जन दिएका थिए भने सस्थाकी उपाध्यक्ष इसा अर्यालको स्वागत र सस्थाकी सचिव बिपना खत्री पुरीको सञ्चालनमा चलेको थियो ।



प्रतिक्रिया दिनुहोस्