Logo

‘लू’को सूटिंग मंसिरबाट हुने



काठमाडौं, ७ असार । क्यारो फिल्म्सले निर्माण गर्ने भनिएको नेपाली चलचित्र लू को सूटिंग आउँदो मंसिर बाट हुने भएको छ ।

नयनराज पाण्डेद्वारा लिखित प्रसिद्ध उपन्यास लू को अधिकार क्यारो फिल्म्सले केहि समय अघि लिएको थियो।

हालै मात्र संगीत निर्देशकका रूपमा क्यारो फिल्म्सले कालीप्रसाद बास्कोटालाई आबद्ध गरेको छ । लू चलचित्र का निर्माता निशा खरेल र बास्कोटाबीच सम्झौतामा हस्ताक्षर भएको हो ।



प्रतिक्रिया दिनुहोस्