Logo

समुद्रमा डुब्यो समुद्रमा तैरिरहने हङकङको चर्चित ‘जम्बो रेष्टुरेन्ट’



काठमाडौं, असार ७ । हङ्कङको तैरिरहने चर्चित रेष्टुरेन्ट झन्डै ५० वर्षदेखि सञ्चालन भइरहेको ठाउँबाट सारिएको केही दिनपछि डुबेको छ । अर्को ठाउँतिर लैजाँदै गर्दा जम्बो नामक रेष्टुरेन्ट साउथ चाइना सीमा डुबेको त्यसको माउ कम्पनीले जनाएको छ ।

एबर्डीन रेष्टुरेन्ट इन्टरप्राइजेजले घटनाबाट एकदमै दुःखी भएको बताएको छ। कोभिड महामारीले असर पारेपछि सन् २०२० को मार्चमा उक्त रेष्टुरेन्ट बन्द भएको थियो । उक्त रेस्टुराँमा ब्रिटिस महारानी, टम क्रुज, रिचर्ड ब्रान्सनसहित ३० लाखभन्दा बढी अतिथिले परम्परागत चिनियाँ खानाको स्वाद लिएको विश्वास गरिएको छ ।

बीबीसीका अनुसार त्यहाँ बन्ड चलचित्रसहित थुप्रै फिल्मको छायाङ्कन पनि गरिएको छ। तर खाना बन्द गरिएपछि कोभिड महामारीसँगै व्यापारमा ठूलो असर परेको थियो । जम्बो रेष्टुरेन्ट हङ्कङको चिनारीको रूपमा लिने गरिन्थ्यो।

यद्यपि सन् २०१३ देखि नै त्यो नाफामा थिएन । सञ्चालकहरूका अनुसार पहिलाको स्थानबाट रेष्टुरेन्टलाई अन्त लैजान थाल्नुअघि मरिन इन्जिनियरहरूबाट परीक्षण गर्न लगाइएको थियो र यात्राका लागि आवश्यक सबै अनुमति लिइसकिएको थियो । नयाँ सञ्चालक पाउनुअघि तैरिरहने उक्त रेष्टुरेन्ट नाम नखुलाइएको स्थानमा राखिराख्ने योजना थियो ।

तर प्यारासेल टापुनजिक प्रतिकूल अवस्थामा परेको रेष्टुरेन्टमा पानी पस्न थाल्यो र आइतबार डुब्न पुग्यो। रेष्टुरेन्ट डुबेको ठाउँमा पानीको गहिराइ एकहजार मिटरभन्दा बढी छ र उद्धार कार्य गर्न एकदमै कठिन रहेको एबर्डीन रेष्टुरेन्ट इन्टरप्राइजेजले भनेको छ । सञ्चालकले गत महिना बताएअनुसार सन् २०१३ देखि नै रेस्टुराँले मुनाफा आर्जन गर्न सकिरहेको थिएन र ठूलो मात्रामा घाटा बेहोर्नु परेको थियो ।



प्रतिक्रिया दिनुहोस्