Logo

एक सन्तानका पिताले एउटै मण्डपमा दुई प्रेमिकासँग विहे गरे



एजेन्सी, ७ असार । भारतको झारखण्डको लोहारदगामा बेहुलाले आफ्ना दुई प्रेमिकासँग एउटै मण्डपमुनि बिहे गरेका छन् । विवाहको समयमा उनको एक दुलहीको काखमा एउटा सानो बच्चा थियो। दुलहा बनेका व्यक्ति उनीसँग ३ वर्षदेखि रिलेशनशिपमा बस्दै आएका थिए । जहाँ उनले दोस्रो दुलहीलाई १ वर्षअघि भेटेका थिए । दुलहाले आफु दुबै श्रीमतीलाई समान माया गर्ने बताउँछन् ।

एकैपटक दुई दुलहीसँग विवाह गर्ने दुलहा सन्दीप उराँउ एक सन्तानका पिता पनि हुन् । उनी आफ्नो पहिलो प्रेमिकासँग तीन वर्षसम्म सम्बन्धमा थिए। यसै क्रममा उनको एउटा बच्चा जन्मियो । त्यसपछि एक वर्षअघि उनी अर्की केटीसँग पनि प्रेममा परे । अहिले उनले दुवैसँग विवाह गरिसकेकी छन् ।

सन्दीप उराँउको कुसुम लाक्रासँग तीन वर्षसम्म प्रेम सम्बन्ध थियो । दुबै सँगै बस्थे । उनको एउटा बच्चा पनि थियो । यद्यपि दुवैले विवाह गरेनन् । एक वर्षअघि इँटाभट्टामा काम गर्न बंगाल गएका सन्दीप पनि त्यहाँ काम गर्ने स्वातीसँग प्रेममा परे । सन्दीपले उनलाई पनि गाउँ ल्याए ।

सुरुमा गाउँलेहरूले सन्दीपको यो निर्णयको विरोध गरेका थिए । तर उनका दुवै प्रेमिकाको सहमति देखेर गाउँले पनि राजी भए । दुवै प्रेमिकाका परिवारको सहमतिपछि एउटै मण्डपमा विवाह भएको थियो ।

दुलहा सन्दीप उराँउले आफ्ना दुवै पत्नीलाई समान रूपमा माया गर्ने बताउँछन् । तीनै जना एउटै छानामुनि खुसीसाथ बस्न चाहन्छन्।



प्रतिक्रिया दिनुहोस्