Logo

रविद्वारा दाजु हरिशरणलाई पार्टीमै निषेध



काठमाडौं, ७ असार । यतिबेला चर्चामा छन् रवि लामिछाने । उनले आज नेपाल स्वतन्त्र पार्टी घोषणा गरेका छन् । पार्टी घोषणा कार्यक्रममा उनले परिवारवाद निषेध भनेका छन् ।

रविले परिवारवाद निषेध भनेपछि उनका दाजु हरिशरण लामिछानेलाई धक्का परेको छ । हरिशरण पनि चुनाव लड्ने भएका छन् । तर, उनले रविप्रति आक्रोश पोखेका छन् ।

हरिशरणले देशभर आफ्नो जन्मकुन्डलीलाई अर्को सदस्यसँग भिडाई नाता अप्रमाणित भएको भए सदस्यता खारेज हुनसक्छ भनी व्यङ्ग्य गरेका छन् ।

हरिशरणले लेखेका छन्,‘

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।
नैतिक न राजनैतिक???

नया पार्टी घोषणा गरेकोमा रबि लामिछानेलाई

बधाई

। पार्टीको नीति अनुसार, परिवारबाद निषेध गरिनु राम्रो प्रयास हो। यस क्रममा मनमा लागेको एउटा रोचक कुरा:

कुनै पनि नया सदस्यले अब देशभर आफ्नो जन्मकुन्डली लाई अर्को सदस्यसङ्ग भिडाइ नाता “अप्रमाणित” भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रबेश गर्नु होला। पछि आपसी मायाप्रेममा परि बिहेबारी भै कुनै अवस्थामा नाता प्रमाणित भएमा सदस्यता खारेज हुन सक्छ है।
“लामिछाने” बन्धुहरु सरसल्लाह गर्नुहोल।
दर्ता हुन बाकी सो पार्टीका कुनै पनि गतिबिधीमा म परिवारको नातेदारको नाताले नैतिक रुपले सम्लग्न हुने त कुरै भएन। राजनैतिक रुपले त्यो पार्टिमा म आजिबन रहने छैन भन्ने जानकारी पनि गराउदछु। स्वतन्त्र र दलगत राजनितिका लागि म सङ्ग अपार अवसर र सम्भाबना छन। बाकी कुरामा comment गर्ने मेरो हैसियत छैन। नेपाल आमाको एक स्वतन्त्र नागरिकको नाताले मेरो जीवन देशको सेवामा हमेसा समर्पित रहने छ। स्वतन्त्र हुन स्वतन्त्र पर्टी किन चाहियो ????
“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”



प्रतिक्रिया दिनुहोस्