Logo

रवि लामिछानेको पार्टीको विरोध गर्दै सूर्य थापाले भने–निर्वाचन आयोगले यो पार्टी दर्ता गर्नुहुँदैन्



काठमाडौं, ७ असार । नेकपा (एमाले) का प्रभावशाली नेता सूर्य थापाले आजमात्रै घोषणा गरिएको रवि लामिछानेको पार्टी निर्वाचन आयोगले दर्ता गर्न नहुने बताएका छन् । थापाले स्वतन्त्र पार्टी गठन गरिनु कानूनविपरित रहेको पनि दाबी गरेका छन् । थापाले व्यक्तिले दलमा लाग्दिनँ भनेर स्वतन्त्र रुपमा निर्वाचन लड्न र जित्न पाउनेगरि कानूनले सुरक्षित गरेको अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानूनविपरित भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्– कानुनत: स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार हाे। व्यक्तिले दलमा लाग्दिनँ भनेर स्वतन्त्र रूपमा निर्वाचन लड्न र जित्न पाउनेगरी कानुनले सुरक्षित गरेकाे अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरित हाे। स्वतन्त्र उम्मेदवारीमा नै भ्रम र अन्याेल उत्पन्न हुनेगरी कसैले पनि पार्टी बनाउन खाेज्छ भने निर्वाचन आयाेगले दर्ता गर्नुहुँदैन। सन्दर्भ – राष्ट्रिय स्वतन्त्र पार्टीकाे घाेषणा।



प्रतिक्रिया दिनुहोस्