Logo

नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि 



 

काठमाडौं, ७ असार । नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ७ सय ३१ पिसिआर परिक्षणका क्रममा १४ जना र १ हजार ८३ एन्टीजेन परिक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय २० जना निको भएका छन् ।

हाल नेपालमा १ सय २४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्