Logo

रविले किन लिएनन् लौरो चुनाव चिन्ह



काठमाडौं, ७ असार । धेरैलाई रवि लामिछानेले स्वतन्त्र उम्मेदवारी घोषणा गर्छन् भन्ने लागेको थियो । उनी कुनै दल विशेषमा प्रवेश गर्छन् भन्ने अड्कल पनि थियो । तर, उनले दुवै गरेनन् । राजनीतिक दल नै खोले जसको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखे ।

स्वतन्त्रहरुको दल भएपनि रविले लौरो चुनाव चिन्ह लिनसक्ने अनुमान थियो । लौरो चिन्ह यतिबेला निकै चर्चामा छ । तर, रविले घन्टा चुनाव चिन्ह लिए । यसलाई अर्थपूर्ण मानिएको छ ।

रविले लौरो नलिनुमा बालेनको लोकप्रीयताको छायाँमा परिन्छ भन्ने पनि हो । यतिबेला रविभन्दा पनि बालेन लोकप्रीय छन् । उनी सालिन मात्र छैनन् बोलीभन्दा काममा बढ्छन् । बालेनले चुनाव पनि जितिसकेका छन् । यसका कारण पनि रवि बालेनभन्दा पछि छन् भन्ने देखिनसक्छ । उनले लौरो नलिनुको कारण यही बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्