Logo

नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू पनि उत्रियो सडकमा (फोटोफिचर)



काठमाडौं, ७ असार । पेट्रोलियम पदार्थको मूल्यबृद्धिको बिरोधमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ । काठमाडौंको शंकरदेव क्याम्पस अघि भएको प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको पुत्ला दहन गरेका थिए ।

अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा प्रदर्शन उत्रिएका विद्यार्थीले तत्काल मूल्यवृद्धि फिर्ता लिन सरकारसमक्ष आग्रह गरेका छन् । मूल्यबृद्धिका कारण जनताको दैनिक जनजिवन नै प्रभावित भएकाले सरकारले तत्काल मूल्यबृद्धि फिर्ता दिनुपर्ने उनीहरुले भनाई छ ।

पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नभए आन्दोलन चर्काउने चेतावनी उनीहरुले दिएका छन् । प्रर्दशनका क्रममा केहिबेर प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको थियो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्