Logo

एमालेकी प्रदेशसभा सदस्य खातुन पदमुक्त



काठमाडौं, असार ८ । प्रदेश १ की प्रदेशसभा सदस्य गुलेफुन खातुन पदमुक्त भएकी छन् । सरकारी छाप र दस्तखत किर्ते मुद्दामा जिल्ला र उच्च अदालतबाट भएको फैसलापछि खातुनले मुद्दा दोहोर्‍याउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन दायर गरेकी थिइन् । खातुनले दायर गरेको निवेदन सर्वाेच्व अदालतले खारेज गरिदिएपछि उनी पदमुक्त भएकी हुन् ।

उच्च अदालत विराटनगरले सदर गरेको जिल्ला अदालत मोरङको फैसलामा चित्त नबुझेपछि सांसद खातुन मुद्दा दोहोर्‍याउन माग गर्दै सर्वोच्च पुगेकी थिइन् । सर्वोच्चले माग निवेदन बमोजिम मुद्दा दोहोर्‍याउन अनुमति नदिएपछि सांसद खातुनले सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएकी हुन् ।

सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले उनको निवेदनमा माग अनुसार दाबी नपुग्ने भन्दै मुद्दा दोहोर्‍याउन अनुमति नहुने आदेश जेठ २५ गते दिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot