Logo

महिला मन्त्रीलाई धमलाको प्रश्नः “महँगी अचाक्ली बढ्यो, सरकारले केही गर्न सकेन मन्त्रीज्यू !”



काठमाडौं, ८ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले विश्वव्यापी रुपमा बढेको महँगीबाट जनतालाई के कस्तो राहत दिन सकिन्छ भनेर सरकार त्यसको तयारीमा लागेको बताएकी छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री रेग्मीले भनिन्, “युक्रेन युद्धको जताततै प्रभाव परेको छ । नेपालमा मात्र होइन, विश्वव्यापी रुपमा महँगी बढेको छ । पेट्रोलियम पदार्थ यहाँको उत्पादन होइन । अरु देशमा बढ्दा यहाँ पनि बढेको हो । त्यसका लागि सबभन्दा पहिले त कृषिमा सहुलियत दिएर खाद्यान्न, तरकारीको उत्पादन बढाउनुपर्यो । आयातलाई सक्दो कम गर्नुपर्यो । आगामी वर्षमा आत्मनिर्भरतातिर बढ्न सक्छ । देशको परिस्थिति हेरेर जनतालाई के कस्तो राहत दिन सकिन्छ भनेर सरकारले काम गरिरहेको छ ।”
आफ्नो मन्त्रालयको बजेट कम भएकाले सोचेका काम गर्न नसकेको पनि मन्त्री रेग्मीले स्वीकार गरिन् । उनले भनिन्, “मेरो मन्त्रालय ८० प्रतिशत जनसंख्याको अभिभावक हो । मन्त्री भएर आउँदा जम्मा ८० करोड बजेट थियो । अहिले १ अर्ब ७८ करोड पुगेको छ । अर्थमन्त्रालयको ओझेलमा परेको मन्त्रालय भएकाले सोचेजति कार्यक्रम र राहत दिन सकिँदैन । संघीयता कार्यान्वयनका सिलसिलामा महिला विकास कार्यालय खारेज गर्दा पनि समस्या पर्यो । तैपनि मैले आवश्यक पहल गरिरहेको छु ।”



प्रतिक्रिया दिनुहोस्