Logo

घट्यो सुनको भाउ



काठमाडौं, असार ८ । आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलाको ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा आईपुगेको छ ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ४ सय रुपैयाँले नै घटेर तोलाको ९६ हजार ८ रुपैयाँमा झरेको छ ।आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले सस्तिँदै १ हजार २५५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८३ हजार ४२० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८२ हजार ९९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७६ रुपैयाँ कायम गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot