Logo

एन्फाका नवनिर्वाचित कार्यसमितिको सपथ आज



काठमाडौं, असार ८ । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले आज सपथ लिने भएका छन् ।

आज साँझ ५ बजे एन्फा कप्लेक्समा हुने कार्यसमितिको पद तथा गोपनीयताको सपथपछि नवनिर्वाचित अध्यक्ष पंकज बिक्रम नेम्बाङ लगायत अन्य पदाधिकारीले कार्यभार सम्हाल्नेछन् ।

अध्यक्षका अर्का प्रत्यासी तथा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्बाङ अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै नवनिर्वाचित कमिटिको वरिष्ठ उपाध्यक्षमा बीरबहादुर खड्का, उपाध्यक्षमा दावा लामा, दिपक खतिवडा, बिराट जंग शाही र दुर्गा बहादुर केसी छन् ।

नवनिर्वाचित कमिटिको महिला सदस्यमा सरिला श्रेष्ठ र पेमा डोल्मा लामा तथा सदस्यमा मनिष जोशी, अनिल मल्ल, रबिन्द्र चन्द, विकास नारायण श्रेष्ठ,भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोतम थापा,रमेश ब्यन्जनकार, मनिराज विष्ट,टिकाराम लामा,भरत बुढा थापा छन् ।

बाँकी दुई सदस्य भने आगामी एन्फा महाधिवेशनले तय गर्नेछ । दीपक थापा क्षेत्री, रुपेश अधिकारी, दीपेन्द्र धिमाल र लोकेन्द्र गुरुङले ३९ मत प्राप्त गरेपछि एन्फाको विधान र फिफा र एएफसी प्रतिनिधिहरूको सुझावअनुसार आगामी एन्फा महाधिवेशनबाट दुई सदस्य तय गरिने एन्फाले जनाएको छ । त्यस्तै महासचिव र कोषाध्यक्ष भने मनोनित हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्