Logo

काठमाडौंमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु



काठमाडौं, ८ असार । काठमाडौंमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । शंखरापुर नगरपालिका–१ देउराली भञ्याङमा टिपरको ठक्करबाट सिन्धुपाल्चोक घर भएकी लिलामाई दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दनुवारलाई प्रदेश ३ ०१–००६ ख ३४७४ नम्बरको टिपरले मंगलबार राति ९ बजे ठक्कर दिएको हो ।

पैदल हिडिरहेकी महिलालाई तिव्रगतिमा आएको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । चालकलाई भने प्रहरीले नियन्णमा लिएको छ।



प्रतिक्रिया दिनुहोस्