Logo

प्रदिप पौडेललाई ऋषि धमलाको प्रश्न-प्रचण्ड तपाईँहरुलाई नभई नहुने कारण के हो ? (भिडिओसहित)



काठमाडौं, ८ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रदीप पौडेलले वर्तमान सरकार सफलताको बाटोमा अघि बढेको बताएका छन् । उनले सरकार अप्रत्यासित रुपमा आएकोले धेरै अपेक्षा गर्नु स्वभाविक नभएको टिप्पणी गरे । सरकारले हालै स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोले अब संघ र प्रदेशको पनि निर्वाचनको तयारीमा सरकार जुटेको उनको भनाई छ ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिलेको गठबन्धन गणित प्राप्त गर्नको लागि मात्रै नभएर देशलाई विकास गर्नको लागि साझा प्रयत्न गर्नको लागि भएको जिकिर गरे । देशको जटिल परिस्थितिमा समन्वय गर्ने काम पनि कांग्रेसले नै गरेको उनको दाबी छ ।

कुराकानीको क्रममा पत्रकार धमलाले तपाईँहरुलाई प्रचण्ड नभई नहुनुपर्ने कारण के हो भनेर सोधेका थिए । जवाफमा पौडेलले भने–‘होईन नभई नहुने भन्ने पनि कुनै कारण छैन्, गठबन्धन भनेको गिभ एण्ड टेक हो ।’ उनले आगामी संसद्को निर्वाचनमा गठबन्धन मिल्यो भने हुने मात्रै हुने जिकिर गरे । उनले कसैलाई हराउनको लागि मात्रै गठबन्धन गर्नुको कुनै अर्थ नहुने जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्