Logo

दुधौलीका जनताको इच्छाअनुसार विकासका धेरै योजना पार्न सफल युवा नेतृ निरौला



काठमाडौं, ८ असार । नेपाली कांग्रेसकी युवा नेतृ इन्दिरा निरौलाको पहलमा सिन्धुलीको दुधौलीका विभिन्न स्थानमा बजेट परेको छ ।
नेतृ निरौलाको पहलमा दुधौली नगरपालिकाको विभिन्न स्थानहरुमा विकास योजना पार्न सफल भएको हो ।

उनले दुधौलीका वडाहरु ९, ७ , ८ र १३ लगायतका वडाहरुमा आफुले विकासका योजना पार्न निकै मेहनत गरेको बताइन् । उनले भनिन्,‘दुधौलीका स्थानीयहरुको जन गुनासो, आवश्यकता र अनुरोधको आधारमा मन्त्रालय तथा सचिवालय धाएर मन्त्री सचिव मुख्यसचिबलाई पटक–पटक भेटेर बजेट पार्न सफल भएका हौं ।’

उनले दुधौली–९ को कट्टिलखनपुर दुर्गामेलाको पक्की सडक, कट्टिलखनपुर आपडाडा हुदै मदनभण्डारी सम्म जाने, रामजानकी प्रा.वि नजिक लखिमा जाने खोलामा पक्कि पुल मर्मत, एकिकृत मुसहर बस्ती दमै टोलमा दोकान डाँडा खानेपानी योजना, वडा–८ को गिद्दवार रामजानकी मन्दिर मर्मत तथा पूर्वाधार निमार्ण तथा संरक्षण वडा नम्बर १३ ठाकुर गुफ्फा मन्दिरको मर्मत तथा पुर्वाधार निमार्ण खानेपानीको योजना पार्न सफल भएको उनले रिपोर्टर्स नेपालसँग बताइन् ।

निरौलाले सधै न्यायको पक्षमा वकालत गर्ने दुःख र अन्यायमा परेका व्यक्तिहरूलाई विशेष गरि महिलाका मुद्दाहरूमा आवाज उठाउँदै आएकी छिन् । अन्यायमा परेकालाई न्याय दिलाउने र अपराधीलाई सजाय दिलाउने भष्ट्रचार मुक्त समाज निमार्ण गरि समुन्नत देश निमार्ण गर्न राजनिती गरेको बताउँदै आएकी युवा नेतृ निरौला विकासको लागी पनि उत्ति कै लागी पर्ने गर्छिन् ।

बिकास गर्ने र योजना ल्याउने भित्री इच्छा शक्ति भए खासै कुनै पद र नेतृत्वमा रहि रहन आवश्यकता नरहेने पनि उनको भनाई छ ।

 



प्रतिक्रिया दिनुहोस्