Logo

जापानी मिडफिल्डर मिनामिनो मोनाकोमा अनुबन्ध हुदै



काठमाडौं, असार ८ । जापानी मिडफिल्डर ताकुमी मिनामिनो फ्रेन्च क्लब मोनाकोमा अनुबन्धित हुने भएका छन् । इंग्लिस क्लब लिभरपुल १८ मिलियन युरोमा मोनाकोलाई मिनामिनो बेच्न सहमत भएका छन् ।

२७ वर्षीय मिडफिल्डर अनुबन्धका लागि मोनाकोसहित उल्भ्स, फुलहम र साउथह्याम्पटनले चासो देखाएको थियो ।

मिनामिनो सन् २०१९ को डिसेम्बरमा आरबी साल्जवर्गबाट लिभरपुलमा आएका थिए । उनले २०२१ मा लोनमा साउथह्याम्पटनबाट खेलेका थिए ।

मिनामिनोले लिभरपुलका लागि ५५ खेल खेल्दा १४ गोल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम