Logo

लालबाबु पण्डितको घोषणा : यो सरकार चुनावअघि नै ढल्नसक्छ, प्रचण्ड र माधवले विचारलाई अचार बनाए (भिडिओसहित)



काठमाडौं, ८ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले आफूहरुले नभई आफ्नै कारणले वर्तमान सरकार ढल्ने बताएका छन् । उनले वर्तमान सरकार आगामी संसद्को निर्वाचनअघि नै ढल्नसक्ने बताएका छन् । उनले वर्तमान पाँच दलीय गठबन्धन खोक्रो भैसकेको र दलभित्र विवाद रहेको दाबी गरे ।

हिजो (मंगलबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कांग्रेसबाहेकका अन्य दलहरुले आफ्नो भविष्य नदेखेर नै गठबन्धनमा टाँसिएको पनि उनको आरोप छ । पण्डितले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विचारलाई अचार बनाएको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्