Logo

रवि लामिछानेलाई पहिलो गाँसमै ढुंगा, दल दर्ता नगर्न उजुरी



काठमाडौं, ८ असार । सञ्चारकर्मी रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

आज आयोगमा पुगेर एक समुहले पार्टीको नामबाट स्वतन्त्र हटाउन माग गर्दै उजुरी दिएको हो ।

स्वतन्त्र अभियानका संयोजक डम्बर शाहुसहित सात जनाको समुहले आयोगका आयुक्तलाई उजुरी बुझाएका हुन् ।

आयोगले भने अध्ययन र छानबिन गरेर निर्णय लिने बताएको छ। रविले हिजो घोषणा गरेको पार्टीको नामको सामाजिक सञ्जालमा धेरैले आपत्ति जनाएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्