Logo

जेल हाल्न चुनौती दिदै भीम रावलले इम्बोस्ड नम्बर प्लेट नहाल्ने घोषणा गरे



काठमाडौं, ८ असार । नेकपा एमालेका सांसद डा. भीम रावलले इम्बोस्ड नम्बर प्लेट कुनै हालतमा जडान नगर्ने स्पष्ट पार्दै जेल हाल्न चुनौती दिएका छन् । उनले आज राज्यका निर्देशक, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै इम्बोस्ड नम्बर प्लेट रोमन लिपिमा राखेर सरकारले संविधान मिचेको जिकिर समेत गरेका छन् ।

संविधानमा उल्लेख भए बमोजिम नेपालको भाषा नेपाली देवनागरीमा हुनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै सरकारले नै नम्बर प्लेटमा कानून मिचेको आरोप लगाए । उनले ठेक्कामा अरबौंको घोटाला समेत भएको आरोप लगाए । इम्बोस्ड नम्बर प्लेटको चलखेलमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अरबौं रकमको चलखेल गरेको भनी एकजना अधिवक्ताले सार्वजनिक मञ्चमै बोलेको विषय समेत उठाए ।

इम्बोस्ड नम्बर प्लेटमा अनेकन आशंका रहेको उनको भनाई थियो । यसबारे सरकारले तत्काल जवाफ दिनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्