Logo

संसदीय समितिमा भीम रावलको गर्जन : मेरो गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दिनँ



काठमाडौं, ८ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद डा. भीमबहादुर रावलले इम्बोस्ड नम्बर प्लेटको विरोध गरेका छन् ।

उनले आफ्नो गाडीमा कुनैपनि हालतमा उक्त प्लेट नहाल्ने घोषणा गरेका छन् ।

आज (बुधबार) बसेको संसद्को राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

रावलले इम्बोस्ड नम्बर प्लेट नेपाली भाषा र संस्कृति मास्नेगरि ल्याईएको भन्दै यसको सुरुदेखि नै विरोध गर्दै आएका छन् ।

आज समितिको बैठकमा पनि उनले यही अडान दोहोर्याए ।

उनले भने,‘म इम्बोस्ड नम्बर प्लेट हाल्दै हाल्दिन । बरु सरकारले एक बर्ष जेल हाल्ने भनेको छ हालोस् । म एक बर्ष जेल जान तयार छु ।’

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्