Logo

संवैधानिक परिषद्को नियुक्तिमा आयो नयाँ आदेश



काठमाडौं, ८ असार । संवैधानिक निकायका विभिन्न पदहरुमा नियुक्ति विरुद्धको रिटमा न्याय परिषद्का सदस्य रामप्रसाद भण्डारीलाई समेत विपक्षी बनाउने आदेश आएको छ । योसँगै यसबारे परेको रिट रोचक बनेको छ ।

बुधबार संवैधानिक इजलासले भण्डारीलाई समेत विपक्षी बनाउने आदेश दिएको हो । संवैधानिक परिषद्को निर्णयको सक्कल मिसिल पुनः झिकाउन समेत आदेश दिइएको छ । मिसिल झिकाउन यसअघि पनि आदेश जारी भएको थियो तर पुगेको छैन ।

संवैधानिक इजलासविरुद्ध परेको रिटमाथिको इजलासमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सन्हा छन् । तत्कालीन केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अध्यादेशमार्फत् बैठक बसेर र अध्यादेशमार्फत् नै प्रधानमन्त्रीको अध्यक्षतामा बसेको प्रधानन्यायाधीश र राष्ट्रियसभाका अध्यक्ष सहित बसेको संवैधानिक परिषद्को बैठकले नियुक्तिको निर्णयहरु लिएको थियो । त्यसविरुद्ध रिट परेको थियो ।



प्रतिक्रिया दिनुहोस्