Logo

घूसको अडियोको आवाज आफ्नो नभएको अधिवक्ता रुद्र पोखरेलको दाबी



काठमाडौं, ८ असार । नेपाल बार एशोशिएसनका पूर्व कोषाध्यक्ष समेत रहेका कानून व्यवसायी रुद्र पोखरेलले आज सार्वजनिक भएको घूससम्बन्ध अडियोमा आफू संलग्न नभएको दाबी गरेका छन् । उनले नेपाल बार एशोशिएसन र बार काउन्सिलबाट हुने यस प्रकरणको छानविनमा उचित र पर्याप्त सहयोगका लागि तयार भएको समेत बताए ।

छानविनमा पर्न सक्ने यो अडियो प्रकरण सार्वजनिक भएपछि पोखरेलले सामाजिक सञ्जालमार्फत् आफू नेपाल बार एशोशिएसनको सदस्यको हैसियतले कुनैपनि गतिविधिमा सहभागी नहुने र सदस्यता स्थगत गर्ने समेत बताए । उनले आफूमाथि षड्यन्त्र भएको दाबी गर्दै कानूनी उपचारको खोजीमा रहेको समेत बताए ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र नेपाल बारका तत्कालीन कोषाध्यक्ष रुद्र पोखरेलबीच २ करोड लेनदेनसम्बन्धी भनिएको घूसको अडियो बाहिरिएको थियो । यसले ठूलै तरङ्ग ल्याएको छ ।



प्रतिक्रिया दिनुहोस्