Logo

माधव नेपालसँग झलनाथ असन्तुष्ट



काठमाडौं, ८ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच सम्बन्ध चिसिएको छ । मन्त्रीहरु हेरफेरको निर्णय कार्यान्वयनमा ढिलाई भएको भन्दै सम्मानित नेता खनालले अध्यक्ष नेपालसँग असन्तुष्टि राख्दै आएका थिए ।

आजपनि उनले यो विषयमा अध्यक्ष नेपालको ध्यानाकार्षण गराएका थिए । फेरिन लागेका मन्त्रीहरुले नै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष तत्काल मन्त्रीहरु फेर्ने निर्णय कार्यान्वयन नगर्न दबाब दिएका छन् । प्रधानमन्त्री देउवाले पनि तत्काल मन्त्रीहरु हेरफेर नगर्ने सन्देश दिएका छन् ।

एकीकृत समाजवादीले मन्त्रीहरु फेर्ने निर्णय गरेसँगै सत्ता गठबन्धनकै दलहरुमा असन्तुष्टि चुलिएको छ । मन्त्री बन्नेहरुको लर्को लागेको प्रचण्डको पनि गुनासो । एकीकृत समाजवादीमा मन्त्रीहरु फेर्ने निर्णय गराउनको लागि नेता खनालले नै दबाब दिएका थिए । file photo



प्रतिक्रिया दिनुहोस्