Logo

वायुसेवा सञ्चालक संघ र प्राधिकरणबीच सहमति, विहानैदेखि उडान सुचारु



काठमाडौं, ८ असार । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकबीच सहमति भएको छ । प्राधिकरणले सञ्चालक संघले अघि सारेका प्रायः सबै माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेकोले सहमति भएकोले उडान सुचारु भएको संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जनाए ।

उनकाअनुसार वायुसेवा सञ्चालकहरूले सबै आन्तरिक उडान नियमित गरिसकेका छन् । यसअघि प्राधिकरणले जारी गरेको जहाजको बेस व्यवस्थापन निर्देशन विरुद्ध वायुसेवा सञ्चालकहरूले आन्दोलन गर्ने चेतावनी दिएका थिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार बसेको प्राधिकरणको बैठकले वायुसेवाको जहाँबाट पहिलो उडानको बेस छ‚ त्यहीबाटै पहिलो उडान भर्नुपर्ने तथा नाइट स्पटका लागि त्यहीं वास बस्नुपर्ने निर्णय गरेको थियो।

त्यस्तै, प्राधिकरणले हेलिकप्टर उडानमा पनि दुई जना पाइलट अनिवार्य गर्नुपर्ने भनेको थियो । प्राधिकरणले दिएको निर्देशन मान्न संघ तयार भएपछि अहिलेलाई विवाद मत्थर भएको छ ।



प्रतिक्रिया दिनुहोस्