Logo

सत्ता गठबन्धनको बैठक : मन्त्रिमण्डल पूनर्गठनबारे छलफल भएन, नागरिक विद्येयक अघि बढाउने सहमति



काठमाडौं, ८ असार । सत्तारूढ गठबन्धनको बैठक सम्पन्न भएको छ । आज (बुधबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले नागरिकता विधेयक संसदबाट अघि बढाउने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले नै नागरिकता विद्येयक अघि बढाउनेबारे प्रस्ताव गरेका थिए ।

नागरिकता विद्येयक अघि बढाउनको लागि यसअघि कानूनमन्त्री गोविन्द बन्दी र गृहमन्त्री बालकृष्ण खाँणले सक्रिय भूमिका निर्वाह गरेका थिए । उनीहरुले सत्तापक्षका शीर्ष नेतादेखि विपक्षी दलका नेता केपी शर्मा ओलीसँगपनि भेटवार्ता गरेका थिए ।

बुवा र आमा नेपाली नागरिक भए पनि उनीहरूका सन्तान नागरिकताविहीन हुनुपरेको अवस्था अन्त्य गर्न विधेयक अघि बढाउने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनाए । उनले भने,‘अब सबै प्रक्रियाहरू पूरा गरेर विधेयक संसदमा अघि बढाउँछौं, आजको बैठकमा यो विषयमा सहमति बनेको छ ।’

आज मन्त्रिमण्डल पुनर्गठनबारे छलफल हुनेपनि त्यस विषयमा प्रवेश नै नभएको बताईएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रीहरु हेरफेर गर्ने विषय उठाएका थिए । तर, प्रधानमन्त्री देउवाले यो विषयमा छलफल गर्न नचाहेकोले आज छलफल नभएको एक नेताले जनाए ।

 



प्रतिक्रिया दिनुहोस्