Logo

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित



काठमाडौं, ८ असार । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ। आइतबार महानगरपालिकाले राष्ट्रिय सभा गृहमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७९्८० को नीति तथा कार्यक्रम आज (बुधबार) सर्वसम्मतले पारित भएको हो ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले काठमाडौंको संस्कृति र सम्पदा संरक्षणलाई विशेष प्राथमिकता दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए। ‘सांस्कृतिक सहर समृद्ध नगर’ को मूल नारा बोकी महानगरको आर्थिक, सामाजिक, सांस्कृतिक सुधार एवं विकाससँगै पर्यावरणीय सन्तुलन कायम राख्दै महानगरलाई हराभरा बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस्