Logo

आजदेखि १२ वर्षमुनिका बालबालिकालाई ‘फाइजर बायोएनटेक’ खोप



काठमाडौं, असार ९। आजदेखि पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको छ ।
यही असार १५ गतेसम्म काठमाडौँ जिल्लाका एक लाख ९० हजार र देशभरि ३९ लाख बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइनेछ ।
बालबालिकालाई खोप लगाउनका लागि एक हजार ३०० खोप केन्द्र तोकिएका छन् । खोप यही असार ५ गते अमेरिकाको सहयोगमा कोभ्याक्समार्फत करिब २२ लाख मात्रा आएको थियो ।
काठमाडौँका बालबालिकालाई विद्यालयमा नै खोप केन्द्र स्थापना गरी खोप लगाउँदै छ ।



प्रतिक्रिया दिनुहोस्