Logo

घट्यो मोबाइल आयात



काठमाडौं, असार ९ । मोबाइलको आयात घटेको छ । यसअघि मासिक औसत दुई अर्ब रुपैयाँभन्दा बढीको मोबाइल आयात भइरहेकामा पछिल्ला दुई महिनामा भने यसको आयात घटेको हो । भन्सार विभागका अनुसार जेठमा एक अर्ब १२ करोड ५४ लाख रुपैयाँको मोबाइल आयात भएको छ ।

जब कि वैशाखमा एक अर्ब ९६ करोड १७ लाख रुपैयाँको मोबाइल आयात भएको थियो । सरकारले वैशाख दोस्रो साता छ सय डलरभन्दा बढी मूल्यका मोबाइल सेट असारसम्म आयात गर्न रोक लगाएपछि त्यसको असर देखिन थालेको हो ।

विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि सरकारले उक्त मूल्य माथिका मोबाइलसहित अन्य नौवटा वस्तुको आयातमा रोक लगाउने निर्णय गरेको थियो । सो निर्णयपछि नेपालमा सबैभन्दा धेरै आयात हुने पाँचवटा वस्तुमध्ये पर्ने मोबाइलको आयात घटेको विभागको तथ्याङ्कले देखाउँछ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्