Logo

प्रचण्डलाई भेटेर बालुवाटारतर्फ लागे माधव नेपाल



काठमाडौं, असार ९ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल मन्त्रीमण्डल पुर्नगठनबारे प्रधानमन्त्री शेरबहादुर देउवासंग छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ लागेका छन् ।

विहिबार विहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग खुमलटारमा छलफल गरेपछि अध्यक्ष नेपाल बालुवाटारतर्फ लागेका हुन् ।

एकीकृत समाजवादीले सचिवालय बैठकबाटै आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरिसकेकाले तत्काल मन्त्री हेरफेर गर्न प्रधानमन्त्री देउवालाई दबाव दिन नेपाल बालुवाटारतर्फ लागेको स्रोतले जनाएको छ ।

१८ दिनअघि नै समाजवादीले आफ्ना पुराना मन्त्री फिर्ता बोलाउँदै नयाँ मन्त्री सिफारिस गरेको थियो। तर, बजेट पारित गर्ने समय भएको भन्दै प्रधानमन्त्री देउवाले उक्त सिफारिस कार्यान्वयन गरेका थिएनन्।

मन्त्री हेरफेर गर्ने प्रस्तावलाई प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले अलपत्र पारेपछि समाजवादीका अध्यक्ष नेपाल पार्टीभित्रैबाट दबाबमा परेका छन्।

मन्त्रीमण्डल हेरफेर गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्का) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्