Logo

रवि लामिछानेको पार्टीमा नजाने दाजु हरिशरणको घोषणा (भिडिओसहित)



काठमाडौं, ९ असार । चर्चित पत्रकार हरिशरण लामिछानेले आफूले काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको लागि स्वतन्त्र उम्मेद्धवारी दिने घोषणा गरेका छन् । प्राइम टिभीको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै लामिछानेले यस्तो घोषणा गरेका हुन् । उनले निर्वाचन उठ्नेगरि आफूले सम्पूर्ण तयारी गरिसकेकोले अब कुनैपनि हालतमा ब्याक नहुने स्पष्ट पारे ।

उनले आफू रवि लामिछानेको पार्टीमा नजाने घोषणा गरे । उनले भने,‘मेरो लाइन भनेको स्वतन्त्र हो, लोकतन्त्रमा पार्टी खोल्न पाईन्छ । यो सुन्दर पक्ष हो । तर, हामी देशव्यापी रुपमा स्वतन्त्रहरुको सञ्जाल छ । हामी आफ्नो व्यक्तिगत क्षमताको आधारमा चुनाव लड्छौं । अहिले कुनैपनि पार्टीमा म जान्नँ । अहिलेसम्म स्वतन्त्रकै छवि छ ।’

विभिन्न पार्टीमा वर्षौदेखि योगदान पुर्याएकाहरुले पनि अवसर पाउनुपर्ने भन्दै आफूहरुजस्तो स्वतन्त्र व्यक्तिहरु पार्टीमा नजाने बरु एक्लै प्रतिष्पर्धा गर्ने लामिछानेको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्