Logo

कांग्रेसले सरकार बनाउन चाहिने बहुमत ल्याउँछ, अहिले नै प्रधानमन्त्रीको उम्मेद्धवार तोक्दैनौं : मोहन बस्नेत (भिडिओसहित)



काठमाडौं, ९ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मोहन बस्नेतले पाँच दलीय गठबन्धनले आगामी संघ र प्रदेशको निर्वाचनमा पनि चुनावी तालमेल नै गरेर जानेगरि आफ्नो कार्यसम्पादन गरिरहेको भएपनि सिन्धुपाल्चोकमा भने चुनावी तालमेल नहुने बताएका छन् । बस्नेतले एमालेले पनि गत स्थानीय तहको निर्वाचनमा विभिन्न नौ वटा दलसँग चुनावी तालमेल गरेको सुनाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले संघ र प्रदेशको निर्वाचनमा सकेसम्म तालमेल गर्ने र सम्भव नभएको ठाउँमा मित्रवत् प्रतिष्पर्धा गरिने जनाए । उनले आफूले मुलुकमा आईपरेका विभिन्न संकटको बेलामा व्यक्तिगत रुपमा सकेको सहयोग गरेको पनि स्पष्ट पारे ।

उनले अहिले कांग्रेसबाट आगामी निर्वाचनपछि फलानो व्यक्ति प्रधानमन्त्री बन्ने भनेर घोषणा गरेर जाने भन्नेबारे कुनै निर्णय नभएको पनि सुनाए । किसुनजीलाई प्रधानमन्त्री घोषणा गरेर जाँदा कांग्रेसले बहुमत पाएपनि पार्टी फुटेको स्मरण गराउँदै चुनावअघि नै प्रधानमन्त्रीको उम्मेद्धवार घोषणा गरेर जाँदा कांग्रेसलाई नफाप्ने बस्नेतको भनाई छ । उनले संघ र प्रदेशको निर्वाचन मंसिरभित्रै चुनाव हुने घोषणा गरे । उनले अबको निर्वाचनमा कांग्रेसले आफूलाई सरकार बनाउन चाहिने बहुमत ल्याउने पनि दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्