Logo

न्यायाधीश र अधिवक्ताविरुद्ध मुद्दा दर्ता गर्दै राप्रपा



काठमाडौं, ९ असार । केही दिन यता अडियो सार्वजनिक भएसँगै विवादमा मुछिएका न्यायाधीश र अधिवक्ताविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता हुने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको सुशासन विभागको तर्फबाट सर्वोच्चमा उनीहरुविरुद्ध मुद्दा दर्ता हुने भएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेल २ करोड रुपैयाँ घुस लिने र प्रहरीको हिरासतमा रहेका इच्छाराम तामाङलाई धरौटीमा रिहा गर्ने विषयमा भएको फोन संवाद सार्वजनिक भएको थियो ।

उक्त अडियोबारे अनुसन्धान गर्न न्याय परिषदले छानबिन समितिसमेत बनाएको छ । राप्रपाले न्यायाधीशलाई पदबाट बर्खास्त र अधिवक्ताको लाइसेन्स खारेजीको माग गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot