Logo

टिपर र मोटरसाइकल ठोक्किँदा भक्तपुरमा २ जनाको मृत्यु



काठमाडौं, असार ९ । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ स्थित आदर्श चोकमा आज विहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

आज बिहान दुई बजेको आसपासमा जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपर ठोक्किन एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाईकलमा सवार दुबैजनाको भक्तपुर अस्पताल पु¥याए लगत्तै मृत्यु भएको प्रहरी वृत्त जगातीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन् ।



प्रतिक्रिया दिनुहोस्