Logo

साउन १ देखि कुहिने र नकुहिने फोहर नछुट्याए पाँचसय जरिवाना (सूचनासहित)



काठमाडौं, असार ९ । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने नकुहिने फोहोर छुट्याएर नराखे कारबाही गर्ने भएको छ । महानगरले बिहीबार सूचना जारी गरी कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने बताएको हो । कुहिने र नकुहिने फोहोर एकै ठाउँमा राखेमा प्रत्येक पटक पाँच सयका दरले जरिवाना हुने महानगरले जनाएको छ ।

कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरको सूचनामा उल्लेख छ। कुहिने र नकुहिने फोहोर नछुट्याए त्यहाँबाट फोहोर नउठाउने पनि महानगरले बताएको छ ।

काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २२ (१), (२) र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ६ (१), (२) को व्यवस्था अनुसार साउन १ गतेदेखि स्रोतमा कुहिने र नकुहिने फोहोर छुट्याउन महानगरवासीलाई आग्रह गरिएको सूचनामा उल्लेख छ।

 



प्रतिक्रिया दिनुहोस्