Logo

मूल्यवृद्धि, मल अभाव लगायतका विषय समेटेर राप्रपाद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक



काठमाडौं, असार ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मूल्यवृद्धि, मल अभाव लगायतका विषय समेटेर असार १३ गतेदेखि ३१ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले धर्ना, कोणसाभा, राँके जुलुस लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

सार्वजनिक आन्दोलका कार्यक्रमहरुमा असार १३ गते देशभरका जिल्लाका कृषि ज्ञान केन्द्रमा धर्ना तथा कोणसभा गर्ने, १७ गते ७७ वटै जिल्ला सदरमुकाममा राँके जुलुस गर्ने, १९ गते पार्टीसँग आबद्ध ट्रेड युनियनको नेतृत्वमा श्रमिकको उचित ज्याला निर्धारण र श्रमिकको जीवन बिमा लगायतका माग सहित श्रममन्त्रीलाई ज्ञापनपत्र बुझाउने, २४ गते भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र कोणसभा, २७ गते राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको नेतृत्वमा जनक शिक्षा सामग्री केन्द्रमा र उच्च माध्यमिक शिक्षा परिषदमा ज्ञापनपत्र बुझाउने र असार ३१ गते राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको नेतृत्वमा राष्ट्रिय महिला आयोगमा धर्ना दिइने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्