Logo

अमेरिकाको मियामी एयरपोर्टमा विमानमा आगलागी



एजेन्सी, ९ असार । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार विमान अवतरण गर्ने क्रममा आगलागी भएको छ । दुर्घटना हुँदा विमानमा १२६ जना थिए । सौभाग्यवश, कुनै मानवीय क्षति भएन, यद्यपि तीन जना सामान्य घाइते भएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।

मिडिया रिपोर्टका अनुसार, साँझ ५.३० बजे (अमेरिकी समय) विमानको ल्यान्डिङ गियर फुटेर एयरपोर्टमा खसेको थियो । त्यसपछि विमान विमानस्थलमा रहेको क्रेन टावरसँग ठोक्कियो । यो दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

राष्ट्रिय यातायात सुरक्षा बोर्डले दुर्घटनास्थलमा अनुसन्धानकर्ताहरूको टोली जाने जनाएको छ । मियामीको फायर उद्धार टोलीले फायर फाइटरहरूले आगो नियन्त्रणमा ल्याएको बताइएको छ ।

मियामी–डेड उड्डयन विभागका प्रवक्ताले एसोसिएटेड प्रेसलाई ईमेलमा भने कि रेड एयरको उडान डोमिनिकन रिपब्लिकको सान्टो डोमिङ्गोमा आइपुगेको थियो। आगलागीका कारण यसको ल्यान्डिङ गियर बिग्रिएको थियो ।



प्रतिक्रिया दिनुहोस्