Logo

जनशक्ती अभावले सेवाप्रवाहमा समस्या



काठमाडौँ,९ असार । मधेश प्रदेश र बागमती प्रदेशका १० जिल्ला कार्यक्षेत्र रहेको वीरगञ्जस्थित वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालयमा जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा कठीनाई हुँदै आएको छ । कार्यालयमा हाल ११ जना कर्मचारी हँुदा सेवाप्रवाहमा कठीनाई हँुदै आएको कार्यालयका निमित्त कार्यालय प्रमुख नोमनाथप्रसाद यादवले जानकारी दिए ।

उक्त कार्यालयको कार्य क्षेत्र बागमती प्रदेश अन्तर्गत चितवन तथा मकवानपुर र मधेश प्रदेश अन्तर्गत पर्सा, बारा, रौटहट, महोत्तरी, सिराहा, सप्तरी, धनुषा, सर्लाही पर्दछ । उक्त कार्यालयको काम आयात निर्यातका लागि अनुमति प्रदान, व्यावसायिक प्रयोजनका फर्म दर्ता, नवीकरण, बजार अनुगमन, उपभोक्ता शिक्षा, उपभोक्ता जागरणलगायतका छन् । यद्यपि कार्य क्षेत्र ठूलो छ कर्मचारी निकै कम हुँदा सबै जिल्लामा पुगेर काम गर्न कठिन भएको कार्यालयका सूचना अधिकारी दिलीप खड्काले जानकारी दिए ।

कर्मचारीको अभावमा सबै जिल्लामा पुगेर अनुगमन गर्न सकिएको छैन् । थोरै जनशक्ति छ काम धैरे छन् । निमित्त कार्यालय प्रमुख यादवले भने, “ कार्यालयमा सेवाग्राहीको चाप छ । अनि कुन समयमा पुगेर १० जिल्लामा अनुगमन गर्न सकिन्छ,जनशक्ति अभावमा काम गर्न कठीनाई छ ।”

हाल कार्यालयमा शाखा अधिकृत एक, नायब सुब्बा दुई , खरिदार एक , कम्प्युटर अपरेटर एक, हलुका सवारी चालक एक, कार्यालय सहयोगी दुई र एक सरसफाइकर्मी छन् । सो कार्यालयमा एक उपसचिवको दरबन्दी भए पनि वर्षौदेखि उपसचिव बस्ने गरेका छैनन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग अन्तर्गत काठमाडौँ बाहिर विराटनगर, वीरगञ्ज, नेपालगन्ज, धनगढी, र भैरहवामा मातहातका कार्यालय रहेका छन् ।

सेवाग्राहीको कामलाई पर्सा प्रशासनद्वारा समय थप

सेवाग्राहीको चापलाई मध्यननजर गदै जिल्ला प्रशासन कार्यालय पर्साले कार्यालय समय थप गरेको जनाएको छ । पासपोर्ट ९राहदानी० र राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेकाले ती दुवै सेवाका लागि जिल्ला प्रशासन कार्यालय पर्साले समय थप गरेको हो । ती दुवै सेवाका लागि सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन बिहान ९ बजे देखि साँझ ५.३० बजेसम्म कार्यालय सञ्चालन रहने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।रासस



प्रतिक्रिया दिनुहोस्