Logo

रिया र भाइ शौविकविरुद्धको सुनुवाइ जुलाई १२ मा हुने



एजेन्सी, ९ असार । एनसीबीले बलिउड अभिनेता सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणमा लागूऔषधको कोणबाट अनुसन्धान गरिरहेको छ । राजपुतको मृत्यु प्रकरणमा अहिले नार्कोटिक्स कन्ट्रोल ब्युरोले रिया चक्रवर्ती, भाइ सौविक चक्रवर्तीलगायतलाई आरोपी बनाएको छ ।

एनसीबीले सबै अभियुक्तविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरु सबैलाई सुशान्त सिंहका लागि लागुऔषध किनेको आरोप लागेको छ । रिपोर्टका अनुसार रिया र उनका भाइ शौविक सुनुवाइका क्रममा अदालतमा उपस्थित थिए ।

रिया चक्रवर्ती र उनका भाइ शौभिकले लागूऔषध सेवन गरेका थिए । उनले सुशान्त सिंह राजपुतका लागि ड्रग्स किनेका थिए ।

अतुल सपरपाण्डेले अदालतले सबैमाथि अभियोग लगाउन लागेको तर केही अभियुक्तले डिस्चार्जको निवेदन दिएकाले त्यसो हुन नसकेको बताए । जसका कारण अदालतले निर्णय गर्न सकेको छैन् । रिहा निवेदनको फैसलापछि मात्रै अभियुक्तहरु विरुद्ध मुद्दा चलाइने अदालतले जनाएको छ । अब यो मुद्दाको अर्को सुनुवाइ जुलाई १२ मा हुने जनाइएको हो ।

सुशान्त १४ जुन २०२० मा मुम्बईको आफ्नो फ्ल्याटमा मृत फेला परेका थिए । त्यसबेलादेखि एनसीबी लागूऔषध मुद्दामा अनुसन्धान थालिएको थियो र रिया चक्रवर्तीलाई सेप्टेम्बर २०२० मा पक्राउ गरिएको थियो। झण्डै एक महिना जेल बसेपछि रियाले मुम्बई उच्च अदालतबाट जमानत पाएकी थिइन् । सुप्रिम कोर्टको आदेशमा सीबीआईले यस विषयमा अनुसन्धान गरिरहेको छ । तर,अहिलेसम्म एजेन्सी कुनै नतिजामा पुग्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्