Logo

५ देखि १२ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु



काठमाडौं, ९ असार । आजदेखि ५ वर्षदेखि माथि १२ वर्ष सम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

बिहीबारदेखि अमेरिकाले अनुदान दिएको फाइजर बायोएनटेक खोप काठमाडौं आइपुगेसँगै २७ जिल्लामा खोप अभियान सुरु भएको हो ।

खोप अभियानको सुरुवात नागार्जुन नगरपालिकाका विभिन्न विद्यायलबाट सुरु भएको हो । स्वास्थ्य मन्त्रालयले १ लाख ९० हजार बालबालिकाहरुलाई खोप लगाउने योजना बनाएको छ।

असार ९ देखि १५ गतेसम्म २७ जिल्लामा बालबालिकालाई पहिलो मात्रा र सोही समुहलाई साउनको २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिने मन्त्रालयले तयारी गरेको छ ।

दोस्रो चरणमा ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समुहलाई दोस्रो मात्रा भदौ २७ गते देखि असोज १ गतेसम्म सञ्चालन गर्ने भएको छ। खोप लगाउन १३ सय खोप केन्द्र तोकिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्