Logo

गठबन्धन भएपछि चुनाव जितिन्छ भन्ने त्रुटी अब गर्नुहुँदैन् : प्रचण्ड



काठमाडौं, ९ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा आफ्नो पार्टी देशको दोस्रो दल बन्ने बताएका छन् ।

गत स्थानीय तहको निर्वाचनमा ललितपुरमा निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने क्रममा उनले माओवादी देशको दोस्रो र वामपन्थीको पहिलो पार्टी बन्ने दाबी गरे ।

माओवादी देशको दोस्रो र वामपन्थीको पहिलो पार्टी बनेमा देशको बागडोर आफुहरुको हातमा आउने पनि बताए । त्यसका लागि सबैले मेहनत गर्नुपर्नेमा उनले जोड दिए ।

राजनीतिको चाबी माओवादीको हातमा भएपनि कांग्रेस र एमालेसँग मिलेरै जानैपर्ने अवस्था रहेको उल्लेख गर्दै प्रचण्डले अबको सपना अरुसँग मिल्न जानुपर्ने नभएको समेत जिकिर गरे ।

एउटा न एउटा पार्टीसँग मिल्दा मात्र ताला खुल्ने भन्दै उनले अब माओवादीसँग सबै मिल्न पर्ने अवस्थाको सृजना गर्ने पनि पनि सुनाए ।
गत स्थानीय तहको चुनावमा गठबन्धनमा ढुक्क हुँदा पराजित हुन पुगेको उनको भनाई थियो । गठबन्धन भएपछि चुनाव जितिन्छ भन्ने त्रुटी अब नगर्ने पनि उनले प्रतिवद्धता व्यक्त गरे ।

 



प्रतिक्रिया दिनुहोस्