Logo

कोशी ब्यारेजमा बस पल्टिदा एक महिलाको मृत्यु, ११ जना घाइते



काठमाडौं, ९ असार । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कंकालिनीमा बस पल्टिदा ११ यात्रु घाइते भएको प्रहरीले जनाएको छ।

ना. ५ ख १८९८ नम्बरको बस विराटनगरबाट कटारी जाने क्रममा कोशी ब्यारेज र कंकालिनी मन्दिरको बीचमा पल्टेको हो । मृत्यु भएकी महिलाको पहिचान हालसम्म खुलेको छैन् ।

घाइतेहरुको नेपाल र सशस्त्र प्रहरीले उद्धार गरेका छन् । ६ जनाको भारदह अस्पताल र अन्य ५ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्