Logo

प्रधानमन्त्री देउवा नेपाल प्रज्ञा–प्रतिष्ठानको वार्षिकोत्सवमा सरिक (फोटोफिचर)



काठमाडौं, ९ असार । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल प्रज्ञा–प्रतिष्ठानको ६५औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव समारोहमा सहभागी भएका छन् । सो क्रममा उनले समारोहलाई सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री देउवाले नेपाल प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाईलाई मध्यनजर गर्दै सरकारले सहयोग गर्ने बताएका छन्। उनले प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाईलाई समाधान गर्न सरकारले सहयोग गर्ने बताएका हुन्।

सम्बोधनको क्रममा उनले भने,‘‘मुलुकको भाषा, साहित्य र संस्कृति प्रवर्द्धनको क्षेत्रमा प्रतिष्ठानलाई अगाडि बढाउने नयाँ सोच र कार्यक्रमलाई कार्यान्वयन गर्न सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने कुरा म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्