Logo

नेपाल एयरलाइन्सको महाप्रबन्धकको जिम्मेवारी ज्वारचनले पाए



काठमाडौं, ९ असार । नेपाल एयरलाइन्सले महाप्रवन्धकको जिम्मेवारी वरिष्ठ क्याप्टेन दीपु ज्वारचनलाई दिएको छ ।

कार्यकारी अध्यक्ष र महाप्रबन्धक दुवै पद खाली रहेको अवस्थामा महाप्रवन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई दिएको हो ।

युवराज अधिकारीलाई निलम्बन गरेसँग रिक्त रहेको उक्त पदमा मन्त्रिपरिषदले नै ज्वारलाई अस्थायी महाप्रवन्धक नियुक्त गरेको जनाइएको छ । उनी पदमा रहँदा विमानका चालक समेत हुन पाउने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्